
क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि.(ब्रोकर नंः ५०) ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर घरबाटै अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कम्पनीको crystalsecurities.com वेबपेज मार्फत ग्राहकले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्था पश्चात अब ग्राहकहरुले आफ्नो डिम्याट खाता नविकरण तथा अध्यावधिक गर्न कार्यालय धाइराख्नु पर्ने छैन ।
त्यस्तै ग्राहकले शेयर कारोवारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता अध्यावधिक गर्न उक्त वेबपेजबाट सक्ने छन् । नयाँ खाता खोल्न चाहाने ग्राहकहरुले भने दरखास्त प्रमाणीत गर्नका लागि एक पटक मात्र यस कार्यालयमा उपस्थित भए पुग्छ ।
नयाँ गरिएको यो व्यवस्थाबाट ग्राहक महानुभावहरुलाई निकै सुविधा पुग्ने विश्वास कम्पनिले लिएको छ ।
प्रियराज रेग्मी
कार्यकारी अध्यक्ष