क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि. (स्टक ब्रोकर नम्बर ५०) ले आफ्ना ग्राहक तथा लगानीकर्ताहरूका लागि आजबाट मार्जिन ट्रेडिङ सुविधा शुभारम्भ गरेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज लि. (NEPSE) ले तोकेको कार्यप्रक्रिया बमोजिम कम्पनीले मार्जिन ट्रेडिङ सेवा प्रारम्भ गरेको हो।